चितवन – भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको प्रति नेपाली काङ्ग्रेस चितवनले आपत्ति जनाएको छ ।
काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालमार्फत धम्की दिने प्रवृत्तिले मनोबल गिराउने काम भएको जनाइएको छ । तर, कांग्रेसले उपमेयर शाहलाई कसले ज्यान मार्ने धम्की दिएको हो त्यो भने खुलाएको छैन् । कुनै पनि बहानामा यस्ता धम्की तथा मनोबल गिराउने काम नगर्न–नगराउनसमेत कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । यस्ता गतिविधि गर्नेमाथि कारवाही गर्नसमेत कांग्रेसले सम्बन्धित निकायसँग माग गरेको छ ।आउँदा दिनमा यस्ता घटना नदोहो¥याउनसमेत विज्ञप्तिमा चेतावनी दिइएको छ । उपप्रमुख ठकुरीलाई एक विद्यार्थी नेताले सामाजिक सञ्जालमार्फत धम्कीपूर्ण सन्देश पठाएको दावी कांग्रेसले गरेको छ ।












