प्रहरीद्वारा बेवारिसे अवस्थामा रहेको अबैद्ध कपडा बरामद

प्रकाशित मिति:

नवलपरासी/पश्चिम नवलपरासीको चिसापानीबाट प्रहरीले बेवारिसे अवस्थामा रहेको अबैद्ध कपडा बरामद गरेको छ । विहिबार विहान ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटि गएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर २ चिसापनी स्थित पुर्व पश्चिम राजमार्गको किनारमा बेवारिसे अवस्थामा रहेको लेडिज सल २७ थान, सुट ५३ थान, विभिन्न थान कपडा ५० थान, तौलिया ३० थान, कटन थान कपडा १ सय ४४ मिटर, सर्ट कपडा नौ सय मिटर, सुटको थान कपडा ५ सय १० मिटर, तन्ना ६ थान, सादा साडी ३३ थान, कढाई साडी २१ थान, पर्दा कपडा २० मिटर र विशेष कढाई साडी ३ थान गरि १ लाख ६८ हजार ४ सय ६० रुपिया बराबरको अबैद्ध कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

सो बरामद गरिएको अबैद्ध कपडा आवश्यक कार्यावाहीको लागी मुल भन्सार कायाृलय महेशपर पठाइएको उपरिक्षक थापाले जानकारी दिनुभएको छ ।