सासंददहरुको टोलीले त्रिबेणी छोटी भंसार कार्यालयको निरिक्षण

प्रकाशित मिति:

भन्सार विभागका उपमहानिर्देशक सहितको सासंददहरुको टोलीले त्रिबेणी छोटी भंसार कार्यालयको शुक्रबार निरिक्षण गर्नुभएको छ । उपमहानिर्देशक मााय पंगेनीले विनयी त्रिबेणी वडा नम्बर ७ गण्डक ब्यारेज नाकामा रहेको त्रिबेणी छोटी भंसारको निरिक्षण कार्य गर्नुभएको हो ।

प्रदेश नम्बर ४ को भारत विहार संग जोडिएको एक मात्र नाकामा रहेको त्रिबेणी छोटी भंसारको स्तरोन्नतीको साथै त्रिबेणी डुम्कीबास सडक खण्डलाई अविलम्ब निर्माण प्रकृया बढाउन प्रदेश र सघिंय सरकारको ध्यानाकर्षण गर्नुपर्ने कुरामाथि उपमहानिर्देशक पंगेनीले जोड दिनुभयो ।

छोटी भंसारलाई स्तरोन्नती गर्न आवश्यक पुर्वाधारको पनि पंगेनीले स्थलगत निरिक्षण गर्नुभएको थियो । सो अवसरमा प्रतिनिधि सभा सदस्य सदस्य तिलक महतले छोटी भंसारको स्तरोन्नती गर्न प्रदेश र सघिंय सरकार मार्फत भारत सरकारको ध्यानाकर्षण भइसकेको जानकारी दिदै थप प्रकृया अगाडी बढाउनुपर्ने बताउनुभयो । छोटी भंसारको निरिक्षणको क्रममा प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठको पनि उपस्थिती रहेको थियो ।