स्वतन्त्र विद्यार्थी युनियन रुपन्देहीको विस्तारित बैठक तथा प्रशिक्षण बुटवलमा सुरु

प्रकाशित मिति:

बुटवल/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(छौँठौँ) जिल्ला समिति रुपन्देहीको विस्तारित बैठक तथा प्रशिक्षण बुटवलमा सुरु भएको छ ।शुक्रवार र शनिवार दुइ दिन सम्म चल्ने विस्तारित बैठक तथा प्रशिक्षणमा विभिन्न व्यत्तिहरुले फरक फरक विषयमा प्रशिक्षण दिने अखिल छौठौँ रुपन्देहीका अध्यक्ष सरोजमान सिंहले बताए ।शुक्रवार बैठक तथा प्रशिक्षणको उद्घाटनमा बोल्ने नेताहरुले विद्याथीहरुको हक हितको प्राप्ती शसक्त संगठनबाट मात्र हुने बताएका थिए ।

पहिलो दिन अखिल नेपाल बुद्धिजीवि संघको केन्द्रिय सल्लाहाकार तथा वामपन्थी नेता दुर्गानाथ खरेलले संगठनको महत्वका विषयमा प्रशिक्षण दिए भने राष्ट्रिय जनमोर्चाका नेता भैरवराज रेग्मीले राजनीति र विद्यार्थी विचको अन्तरसम्वन्धका बारेमा कलास दिए । त्यस्तै अखिल छौँठौँका केन्द्रिय महासचिव महेशराज जोशीले अखिल छौठौँको इतिहास, वर्तमान र भविष्यका बारेमा प्रशिक्षण दिए ।

यसअघि अखिल (छौठौँ)का रुपन्देही अध्यक्ष सिहंको अध्यक्षता, जिल्ला सचिव सगार वेलवासेको संचालन, सहसचिव सन्तोष केसीको स्वगतमा भएको कार्यक्रममा अखिल छौठौँका केन्द्रिय अध्यक्ष विमल पोखरेल, जातीय समता समाजका केन्द्रिय सल्लाहाकार राजेस विक, अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक रुपन्देहीका अध्यक्ष नारायण जिसी, अखिल नेपाल जनताती सम्मेलनका रुपन्देही अध्यक्ष, विमल जिसी, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देहीका सचिव डी. आर. बन्जाडे, युवक संघ रुपन्देहीका सचिव गणेश थापालगाएतले बोल्दै विद्यार्थीले प्रगतिशील र प्रगतिवादी साहित्य अध्ययनतर्फ उन्मुख हुुनुपर्नेमा जोड दिएका थिए ।

थप समाचार