काठमाडौँ /शुक्रबार बसेको मूल्य निर्धारण तथा बजार अनुगमन समितिको बैठले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट २० रुपैयाँ बढाइएको समितिले जानकारी दिएको हो ।
अण्डाधको मूल्य बढाउन माग गर्दै अण्डा उत्पादकले आन्दोलन गरेपछि समितिले मूल्य बढाउने निर्णय गरेको हो । अबकिसानले प्रतिक्रेट २६५ रुपैयाँ पाउने भएका छन्। यसअघि समितिले प्रतिक्रेट १५ रुपैयाँ बढाएको थियो । कुखुरालाई दिने दानाको मूल्य बढेसंगै अण्डाको मूलय वृद्धि गर्न उत्पादक किसान माग गरेका थिए ।












