कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन

प्रकाशित मिति:

काठमाडौं/पुराना कम्युनिस्ट नेता कृष्णदास श्रेष्ठको निधन भएको छ। ८७ वर्षीय श्रेष्ठको शनिबार दिउँसो निधन भएको परिवारले जनाएको छ।यस अघि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्यमा सुधार देखिएपछि घर लगिएका श्रेष्ठको आफ्नै निवासमा निधन भएको हो।

निरन्तर कम्युनिस्ट आन्दोलनमा सक्रिय श्रेष्ठले प्रतिशिल साहित्यको अनुवादमा समेत योगदान छ। उनले रुसी र चिनियाँ साहित्यका विभिन्न पुस्तकहरुलाई अनुवाद गरेका छन्। नेपालको सन्दर्भमा ति दर्शनको व्याख्यामा समेत उनले कलम चलाएका छन्।