देवदह मेलामा फोटो प्रदर्शनी तथा एतिहासिक स्थलको डेमो राखिने

प्रकाशित मिति:

झविन्द्र देवकोटा /बुटवल – रुपन्देहीको देवदहमा लाग्न थालेको मेलाको पुर्वसन्ध्यामा स्थानीय पर्यटकीय क्षेत्र र तिनको संभावना विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । मेला अयोजक संस्था देवदह उद्योग बाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मेला अवधिभरी देवदहका पर्यटकीय क्षेत्रको प्रचारप्रशारका लागि स्टल राख्ने, फोटो प्रदर्शनी गर्ने तथा स्थलको डेमोहरु राख्ने विषयमा छलफल गरेको छ । छलफल कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले देवदहमा धेरै सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरु रहेको र तिनको प्रचारप्रशारका लागि मेला कोशेढुङ्गा सावित हुने बताउनुभयो । उहाँले मेलामा राखिने पर्यटन सम्वन्धि स्टलले मेला पुग्ने दर्शकलाई देवदहको प्रचारमा सधाउनकासाथै देवदहको इतिहास र एतिहासिक महत्वलाई जान्न सघाउने बताउनुभयो ।

देवदह मेला पर्यटन उपसमिति संयोजक बासुदेव रिमालको अध्यक्षतामा भएको कार्यक्रममा देवदह उपमेयर विद्यालक्ष्मी गुरुङ्ग, प्रशासकीय अधिकृत शसिधर घिमिरे, पुर्वकारीकारी अधिकृत गणेश घिमिरे, उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल ढकाल, पर्यटन समितिका सिद्धिचरण भट्टराई, कृष्ण ढकाल, भिम गुरुङ्ग, यम राना, माधव रिमाल, दलबहादुर विरकट्टा मगर लगायतले देवदहको प्रचारप्रशारका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । मेलामा देवदहको एतिहासिक क्षेत्रको पहिचान, क्षेत्र र महत्व झल्काउने फोटो प्रदर्शनी, डेमो लगायतका स्टलहरु राखिने बताइएको छ । उद्योग ब्यापार कृषि र पर्यटनको विस्तार देवदहको समृद्धिको आधार’ भन्ने नाराका साथ लाग्न थालेको मेलममा स्थानीय उत्पादन, कृषि, पर्यटनको प्रवद्र्धन गर्नुका साथै खेलकुद, सास्कृतिक कार्यक्रम तथा बालउद्यान रहने संघका महासचिव हरि भण्डारीले जानकारी दिनुभयो । पार्चाै देवदह राष्ट्रिय औद्योगिक मेला कृषि तथा पर्यटन महोत्सव फागुनको २७ गतेम्म लाग्ने छ ।