बिद्युतको तार सर्ट भई आगलागी

प्रकाशित मिति:

रामेछाप/
जिल्लाको मन्थली नगरपालिका वडा नं ३ रालटारमा शनिबार बिहान बिद्युत तार सर्ट भई आगलागी हुदाँ स्थानीय रत्न कुमारी खत्रीको घर जलेर नष्ट भएको छ । घर माथिको रुखको हाँगाले बिद्युतको तारलाई छोई रुखको पातमा आगो लागेको र उक्त आगो खरको छानामा खसी आगलागी भएको स्थानीयले जनाएका छन् ।

आगो प्रहरी, स्थानीय र रेडक्रसका टिमले नियन्त्रणमा लिएका थिए । आगलागीबाट एक लाख चालिस हजार नगद, लत्ता कपडा र खाद्यान्न समेत जलेर नष्ट भएको आगलागी पिडित खत्रीले बताइन् । उनले शुक्रबार मात्र माइतीबाट घर निर्माणको पैसा तिर्न पैसा लिएको र घरको माथिल्लो तलामा कपडामा बेरेर राखको पैसा र अन्य कागजात जलेको बताइन् । भुकम्पबाट सामान्य क्षति पुगेको आगलागीमा परेको उनको पुरानो घर हो । यसै बिच नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले खत्रीको परिवारलाई आवश्यक गैरखद्यय सामाग्री सहयोग गरेको छ । शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले घटनास्थलमा पुगी लत्ताकपडा, पाल, भाडाकुडा तथा कम्मल लगायतका सामाग्री सहयोग गरेका हुन् ।