प्रतिष्ठानद्वारा मनोनयन, बुटवलमा दोहोरीको कुम्भ मेलाहुँदै

प्रकाशित मिति:

बुटवल /राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान प्रदेश नं ५ को आज  बसेको बैठकले विभिन्नपदमानियुक्ति गरेको छ । प्रदेशकाअध्यक्ष डिल्लीनारायण पाण्डेको अध्यक्षतामा बसेको बैठकले सचिवमानारायण वि.पि. परियार, आर्थिक संयोजकमादिपककुमार श्रेष्ठ, महिला संयोजकमामञ्जु आचार्य, प्रवक्ता मा टीकाराम लुइटेल र मिडिया संयोजकमा दिनेश खड्कालाई मनोनयन गरेको हो ।

यसैगरी संस्थाको संरक्षक माखिमबहादुर  हमाल, सल्लाहकारहरुमा नारायण घिमिरे, यम प्रसाद पाण्डे, टंक गैरे, राधेश्याम राजभण्डारी, विष्णुमणि आचार्य, जुद्ध बहादुर के.सी.र मिनराजओलीलाई मनोनयन गरिएको मिडिया संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । यसैगरी बुटवलमा यहीफागुन १९ देखि २५ गतेसम्महुनलागेको पाँचौं अर्ना राष्ट्रिय दोहोरी गीतखुल्ला रनिङ्ग शिल्ड प्रतियोगिता तथा सांस्कृतिक महोत्सवलाई सफल बनाउनका लागि प्रदेश समिति तथा मातहतका जिल्ला समितिहरुलाई सक्रिय रुपमा परिचालन गर्दै कार्यक्रमलाई पृथक बनाउने प्रतिवद्धता समेत जनाइएको छ । राष्ट्रिय लोेक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रको आयोजना र रुपन्देही शाखाको सहआयोजनामा हुनलागेको कार्यक्रमकालागि करीव ३० समूह दोहोरी प्रतिस्पर्धामा रहने छन् ।