बसले मोटरसाइकललाई ठक्कर दिदा २ जनाको मृत्युभएको छ । पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बसले डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार २ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका( १४ का २१ वर्षीय माधव दराई र मोटरसाइकलमा सवार सोही स्थानका १६ वर्षीय सुरज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।












