काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय रणमैदान बनेको छ । सभापती शेरबहादुर देउवा पक्ष र गैर देउवा पक्ष विद्यार्थी बिच झडप भएपछि केन्द्रीय कार्यालय रणमैदान बनेको हो ।
दुई पक्ष बिच झडप भएसँगै प्रहरीले लाठि चार्ज गरेको छ । प्रहरीले लाठि चार्ज गर्दा नेविसंघका कयौ विद्यार्थीहरु घाइते भएका छन् । कांग्रेस केन्द्रीय समितिको बैठक बस्नु अगाडि यो अवस्था सृजना भएको हो ।












