मिलन गाहा, बुटवल /बिष्व शुुख शान्ती बौद्ध बिहार शंकरनगर रुपन्देहीको आयोजनामा सञ्चालीत १० दिने बिपस्यना ध्यान शिबीर आज सम्पन्न भएको छ। मानबलाई तनाबबाट मुुक्ती र सद्धमार्गमा हिडाउने उद्धेस्य बोकेको बिपस्यना ध्यान शिबीर गत फागुुन २ गतेबाट शुुभारम्भ भएको थियो। सो शिबीर बिधीबत आज समापन भएको हो।समापन गर्दे नेपाली मुुलका बर्मेली भन्ते प्रज्ञाश्री भन्तेले शिबीरमा सहभागी भएर आफुुले आफैलाई चिन्ने कोसीस गर्नुुभएका उपासक उपासीकालाई साधुुबाद दिनुुभएको हो। बुुद्धले पत्ता लगाएको नितान्त मौलीक बिधी बिपस्यना ध्यान शिबीरले मानीसको मनलाई एकाग्र बनाई आत्मा शान्तीको बाटोमा डोर्याउने भन्तेको भनाई छ। बिपस्यना ध्यानमा बस्दा मिथ्या दृष्टी हटाउनुु पर्ने छ।
बिपस्यना ध्यान शिबीरले नकारात्मक कुुराको अन्त्य गरी मानीसलाई सद्धमार्गमा डोर्याउने भन्तेले बताउनुुभयो। मानीसको अत्यन्तै ब्यस्त समयले गर्दा मनमा असान्ती हुुन्छ र त्यो असान्ती हटाउन बिपस्यना ध्यान शिबीर उपयोगी भएको बताउनुुभयो।बिपस्यना ध्यान शिबीरमा बर्माका उपासीका बिष्णुु सुुबेदीले बोल्दै नेपालीको सत्कारको सम्मान गर्नुुभएको थियो।नेपालका तर्फबाट ज्ञान कुुमारी गुुरुङ्गले आगामी दिनमा पनी नेपालमा स्वागत गर्ने बताउनुुभयो।ध्यान शिबीरमा बेलायत,हङकङ्ग,बर्मा र अन्य मुुलुुकबाट गरी १०० जना उपासक उपासीकाको उपस्थीती रहेको थियो। शिबीर सञ्चालनका लागी ३ लाख लागत लागेको बिहारका अध्यक्ष बल बहादुुर गुुरुङ्गले बताउनुुभयो।












