काठमाडौंको आकाशमा किन घुमिरहेको छ हेलिकोप्टर ?

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंको आकाशमा सोमबार नेपाली सेनाको हेलिकोप्टर घुमिरहेको छ । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसको दिन हुने कार्यक्रमको ‘रिहर्सल’का लागि हेलिकोप्टर चलाएको हो ।

आउँदो २० गते मनाइने शिवरात्री तथा सेना दिवसको दिन हेलिकोप्टरबाट पुष्पवृष्टिसहितका अरु कार्यक्रम हुने भएकाले त्यस दिनको तयारीका लागि अहिले ‘रिहर्सल’ गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार शिवरात्रीको अघिल्लो दिनसम्म नै यस्तो ‘रिहर्सल’ हुनेछ ।