जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा बढी कैदी

प्रकाशित मिति:

गुल्मी /जिल्ला कारागार गुल्मीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी बस्न बाध्य भएका छन् ।२५ जनाको क्षमता रहेको जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दीहरु बस्न बाध्य रहेको जिल्ला कारागार कार्यालय गुल्मीले जनाएको छ ।२५ जनाको क्षमता रहेको ‘ङ’ वर्गको कारागारमा अहिले ६९ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका प्रमुख उद्धव पन्थीले बताए । कुल ६९ मध्ये ६२ पुरुष र ५ कैद भुक्तान गरिरहेका छन् । यसमा अतिरिक्त २ जना आश्रित नाबालक पनि कारागारमा रहेको पन्थीले बताए ।

क्षमताभन्दा वढी कैदी बन्दी हुँदा उनीहरुलाई राख्नको लागि ठाउँ साँघुरो भएको छ । प्रर्याप्त खेलमैदान छैन भने आर्थिक पार्जनका लागि सीपयुक्त कार्य सञ्चालनका लागि स्थान अभाव भएको प्रमुख पन्थीको भनाइ छ ।जीर्ण अस्थामा रहेको भवनसँगै मुख्य गरी जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको जिल्ला कारागार गुल्मीका प्रमुख पन्थीले बताए ।कारागर गुल्मीले बन्दी गृहभन्दा पनि सुधार गृह बनाउने सोच अघिसारेको छ । त्यसका लागि उसले सीपमूलक मुडा, ढाका बुनाइ तथा सिलाइ कटाइका कामहरु सञ्चालन गर्दै आएको छ ।जिल्ला कारागार गुल्मीबाट उत्पादन हुने मुडा, ढाका बुनाइ तथा सिलाइ कटाइबाट वार्षिक ४० लाख बढीको आर्थिक कारोबार हुँदै आएको बताए । कारागार गुल्मीमा उत्पादिन मुडाहरु जिल्लामा र जिल्ला बाहिर परिचित मानिन्छ ।कारागारमा उत्पादित सामान एकपटक लगेका व्याक्तिहरु स्तरीय र टिकाउ भएको भन्दै पुनः आउने गरेकाले बिक्रीमा बजारको समस्या नभएको बताउछन् ।