शिवपुरगढी विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को चौथो साधारण सभा सम्पन्न

प्रकाशित मिति:

अमचुर खोला ठठिया खोला ब्यवस्थापन सस्थाको कार्यालय शिवपुरगढी विनयी त्रिबेणी वडा नम्बर ६ र ७ को चौथो साधारण सभा शिवपुरगढीको मिलनचोकमा सोमबर सम्पन्न भएको छ । सस्थाका अध्यक्ष श्रीकृष्ण अर्यालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिबेणी वडा न्म्बर ६ का वडा सदस्य मणि कुमार श्रेष्ठले खोला ब्यस्थापन गरेर बाढीको प्रकोप रोक्न सरोकारवाला निकायको ध्यानाकर्षण गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

सो अवसरमा टोल सुधार समितिका समयोजक भेषराज खनाल, सस्थाका उपाध्क्ष विष्नुप्रसाद चौलागाई लगाएतले कार्यक्रमको उदेश्य माथि प्रका पार्नुभएको थियो । कार्यक्रममा कोषाध्यक्ष भिमकला थापाले कोषाध्यक्षको प्रतिबेदन र सचिव सुभद्रा भण्डारीले सचिवको प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सञ्चालक अमित थापाले जानकारी दिनुभएको छ । २०६७ सालमा स्थापमा भएको यस सस्थाले त्रिबेणी आसपासका खोला नियन्त्रणका लागी चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको अध्यक्ष अर्यालले बताउनुभएको छ ।