चीन–अमेरिका व्यापार वार्ता सहमतिको नजिक : ट्रम्प

प्रकाशित मिति:

रासस- अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि छिट्टै हुने र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग व्यापार सम्झौता गर्ने उद्देश्यले अर्को महिना अमेरिका र चीनबीच शिखर सम्मेलन हुने सम्भावना बढेको छ ।  चिनियाँ वार्ता टोलीसँग वासिङ्टनमा भएको पछिल्लो दुई दिन लामो वार्ता ‘निकै सकारात्मक’ भएको बताउँदै यसलाई आइतबारसम्म लम्व्याइएको थियोे ।

अमेरिका–चीनबीच देखिँदै आएको व्यापार विवादलाई अन्त्य गर्ने प्रयासस्वरूप दुई देशका अधिकारीहरूले विश्वका दुई अर्थतन्त्रबीच व्यापार बिषयमा देखिएको गहिरो तनावलाई समाधान गर्ने प्रयासमा भएका वार्ता सकारात्मक बन्दै गएको बताइएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा व्यापार विवादलाई मार्च १ पहिलेसम्म समाधान गर्न आफ्नो तहबाट पहल गर्ने सहमति बनेको थियो । यसै आधारमा भएका वार्ता सकारात्मक बनेपछि ट्रम्पद्वारा मार्चमा थप कर वृद्धि गर्नसकिने भनिएको समयलाई थप तीन महिना पछि सारिएको छ ।  सहमति अनुसार आगामी हप्ता अर्थात् मार्च १ मा अमेरिकाले दुई खर्ब मूल्य बराबरको चिनियाँ सामानमा कर वृद्धि गर्ने बताइएको भए पनि राष्ट्रपति ट्रम्पले यो निर्णयलाई पछि सार्ने घोषणा गरिसकेका छन् ।