पर्वत जेसीजको आयोजना एबं ब्रम्हाकुमारी ईश्वरीय विश्वविधालयको समन्वयमा सोमबार समय व्यवस्थापन एबं उत्प्रेरणा तालिम सम्पन्न भएको छ । उक्त तालिमलाई ख्याती प्राप्त प्रशिक्षक ब्र कु रमण भट्टराई नेपालीु ले सहजीकरण गर्नुभएको थियो । सो कार्यक्रममा ब्रम्हाकुमारी राधिका दिदीले शुभकामना ब्यक्त गर्नुभएको थियो । पर्वत जेसीजका अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त तालिममा करिब ४५ जना जेसीजहरूको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन महासचिव रामु शर्मा र संयोजन धिरजकुमार यादवले गर्नुभएको थियो ।












