एनसेलको कार्यालय छेउमा बम आक्रमण गर्ने एक पक्राउ

प्रकाशित मिति:

काठमाडौँ /गएको शुक्रबार एकजनाको ज्यान जाने गरी नख्खुस्थित एनसेलको कार्यालय छेउमा भएको बम आक्रमण गर्ने एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । घटना लगत्तै नेपाल प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा मंगलबार ९आज० प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

भुजेललाई महानगरीय प्रहरी अपराध महाशाखा विशेष ब्युरोको टोलीले राजधानीको कलंकीबाट पक्राउ गरेको हो । शुक्रवार बम आक्रमण भएका बेला उनी नख्खुमै रहेको प्रहरीको दावी छ । बम विस्फोटको जिम्मा यसअघिनै विप्लव समुहले लिएको भन्दै घटनाको मुख्य अभियुक्त भुजेल नै रहेको प्रहरीले दावी गरेको छ । घटनामा परी मजुङका सिमप्रसाद गुरुङको मृत्यु भएको थियो ।