मन्त्री रवीन्द्र अधिकारी सहीत ६ जनाकै हेलिकप्टर दुर्घटनामा निधन

प्रकाशित मिति:

काठमाडौ \ संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको हो। हेलिकप्टरमा सवार ६ जनाको निधन भएको गृह सचिव प्रेमकुमार राईले मन्त्रीको निधन भएको पुष्टि गरेका छन् । हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार रहेका जानकारी प्राप्त भएको छ । तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। घटनाको विवरण आउन बाँकी छ ।