सुझाव संकलनको नाममा षडयन्त्रः कांग्रेस रुपन्देही

प्रकाशित मिति:

रुपन्देही/प्रदेसको नामाकरण र स्थायी राजधानी तोक्ने आफ्नो अधीकार क्षेत्रको बिषयलाई बिषेस समीती गठन गरी जिल्ला–जिल्लामा जानु प्रदेस ५ सरकार र प्रदेस सभाको षडयन्त्र भन्दै कांग्रेस रुपन्देहीले उत्त कार्यलाइ प्रति ध्यानकर्षण भएको जनाएको छ । प्रदेसको नाम र स्थायी राजधानी तोक्ने काम प्रदेस सभाको हुँदा हुँदै जिल्लामा सुझाव सकंलन गर्न जानु जनता–जनतालाई एक आपसमा लडाउने काम भन्दै यसतर्फ सचेत हुन समेत कांग्रेस रुपन्देहीले आग्रह गरेको छ । नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बुधवार भैरहवामा बसेको बैठकले बिषेस समीतीले जिल्ला समन्वय समीती मार्फत नाम र राजधानीको बिषयमा लिईरहेको सुझावले जनतालाई बिभाजीत गर्ने बाहेक अरु उपलब्धी नहुने निकर्ष निकालेको छ ।

संघियगणतन्त्र नेपालको संविधान अनुसार प्रदेश सभाका सदस्यहरुले प्रदेशसभा गठन भएको छ महिना भित्र प्रदेश सभाको स्थायि राजधानी र नामाकरण गर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर एक बर्ष समय बितिसक्दा पनि प्रदेशको स्थायि राजधानी र नामाकरण तोक्न ढिला सुस्ति गरि, समय खेरफालि, नियत खराब राखि, प्रदेश सदस्यहरु बाट विषेश समिति गठन गरि रायसुझाब संकलन गर्ने र जिल्ला समन्वय समिति मार्फत नगर प्रमुख, उप प्रमुख , गाउपालिका अध्यक्ष र उपाध्यक्ष संग अन्तरक्रिया गरि रायसुझाब संकलनको नाउमा जनता लडाउने, झगडा गराउने, असम्बैधानिक कार्य गरिरहेको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताए । उनले यदि प्रदेश सभाका सदस्यहरुलाई दिएको संबैधानिक दायित्व पूरा गर्न प्रदेश सभाले सक्दैन भने जनताको सार्वभौमसत्ता जनतामा नै फर्काई प्रदेशको स्थायि राजधानी र नामाकरण निर्धारण गर्न अबको बिकल्प जनमत संग्रह मात्रै हुन सक्ने बताए । बिषेस समीती मार्फत सुझाव संकलन गर्ने कानुनी ब्यबस्था समेत नभएको कांग्रेसको दावी छ ।

यस्तै बैठकले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल निमार्णकोलागी अधीग्रहण गरीएका जग्गा धनीलाई मुआब्जा दिनमा बिलम्व भईरहेको भन्दै तत्काल मुआब्जा दिन समेत माग गरेको छ । बिमानस्थलकोलागी स्थानीय सहज रुपमा जग्गा दिदाँ समेत राज्यले उनिहरुको समस्या बुझ्न नसकेको भन्दै कांग्रेसले मुआब्जा दिन बाँकी रहेकालाई तत्काल मुआब्जा दिन माग गरेको हो । यसरीनै मुआब्जा दिन बिलम्व भए पीडीत जनताको पक्षमा सघर्ष थालीने कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले बताए । बैठकले मगर दिवसको अवसरमा देस बिदेसमा रहने सवै मगर समुदायलाई सुभकामना समेत दिएको छ । त्यस्तै आगामी फागुन २२ गत देवदह नगरपालीका ३ सुरजपुरामा स्वर्गीय यादव नाथ आलोक र राम प्रसाद चौधरीको स्मृती दिवसमा कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।