डेनीका छोरा बलिउडमा डेब्यू गर्दै

प्रकाशित मिति:

करण जोहरको फिल्म कभी खुशी कभी गमु मा युवा करीना कपूरको भूमिका निभाएकी मालविका राज बलिउडमा डेब्यूका लागि तयार छिन् । यस्तै, नेपाली तथा बलिउड अभिनेता डेनी डेन्जोङगपाका छोरा रिनजिङले पनि बलिउड फिल्ममा डेब्यू गर्दैछन् । खबरअनुसार, एक्ट्रेस अनिता राजकी छोरी मालविका र रिनजिङले एउटै फिल्ममा काम गर्न लागेका हुन् उनीहरु एक्सन थ्रिलर फिल्म स्क्वाडु मा एकसाथ देखिनेछन् ।

फिल्मको छायांकन यही वर्षको अप्रिलबाट सुरु हुनेछ । मालविकालाई आफ्नो पहिलो फिल्ममा काम गर्न यसकारण पनि सहज हुनेछ कि उनी र रिनजिङ बच्चादेखिका साथी हुन् । एक अन्तर्वार्तामा कुराकानी गर्दै मालविकाले भनेकी छन्, हामी एउटै स्कूलमा पढेका हौं र एउटै सोसल सर्कलमा ठूलो भएका हौं ।

उनी अगाडि भन्छिन एकअर्काको बर्थडे पार्टी अटेन्ड गछौं र उससँग एउटै फिल्ममा काम गर्नु मेरो लागि एकदमै खुसीको कुरा हो । आफ्नो भूमिकाको विषयमा कुरा गर्दै उनले भनिन्, ऊ हतियारको बारेमा एकदम जानकार छे, जो स्टोरीलाइनका लागि एकदमै जरुरी छ । फिल्ममा निकै एक्सन र रिनजिङसँग धेरथोर रोमान्स पनि हुनेछ ।फिल्मको निर्देशन ज्योति कपूर दासले गर्नेछिन् । ज्योतिसँग काम गर्ने विषयमा उनले भनिन्, ुमलाई खुसी लागेको छ कि हामी रूढिवादी विचारधाराबाट अगाडि बढिरहेका छौं कि महिला पनि फिल्मको निर्देशन गर्न सक्छन् । अहिले कुनै पनि प्रकारको लिंगभेद छैन र मलाई खुसी लागेको छ कि मलाई महिलाले निर्देशन गर्दैछिन् ।