शिव डुम्रे /बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले सहित तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहाको सप्ताहाब्यापी कार्यक्रम अन्तर्गत सहिद तथा बेपत्ता परिवारलाई सम्मान तथा स्मरण गरिएको नेकपा कपिलवस्तुले जनाएको छ । सहिद सप्ताहाकै अबसर पार्दै नेकपाले सहिद स्मृति पार्क शिलान्यास समेत गरेको छ ।शिवराज नगरपालिका वडा ९, शिवगढीको प्रतापपुरमा सहित स्मृति पार्कको शिलान्यास गरेको हो ।

सहित बेपत्ता परिवारलाई सम्मान एब सहिद स्मृति पार्कको शिलन्यास गर्दै कार्यक्रमका प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा लुम्बिनी ब्यूरो इन्चार्ज चन्द्रबहादुर चन्द विरजङ्गले अबको एकीकृत जनक्रान्तिका लागि सहिद तथा बेपत्ता परिवारहरु प्रेरणाको श्रोत हुनुपर्ने बताउनुभयो। सहिद तथा बेपत्ताको सपनाहरुमा प्रचण्ड, बाबुराम हरुले धोका दिए पनि आफुहरुले अधुरो क्रान्तिका लागि पुनः लड्ने र त्यसका लागि आम नागरिकको भुमिका महत्त्वपूर्ण हुने बताउनु भएको थियो । उहाले पार्टीले क्रान्तिको धेरै चरण पूरा गरिसकेको भन्दै अब निर्णायक क्रान्तिको लागि तयार रहन समेत सहिद परिवारलाई आग्रह गर्दै भ्रष्टाचारिहरुले कर नतिर्ने एनसेललाई उन्मुक्ति दिन खोजेको भन्दै आफ्नो पार्टीले कारबाही गरेको र तत्काल कर तिर्नसमेत चेतावनी दिनुभएको थियो यस्तै कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बाला थापा कृतिले आगामी क्रान्तिमा हिजोका अनुभवबाट धेरै महत्त्वपूर्ण भुमिका सहित परिवारले खेल्नुपर्नेमा भन्दै एकीकृत जनक्रान्तिमा कम क्षतिमा नै क्रान्ति सम्पन्न हुने बताउनुभयो ।
१० बर्षे जनयुद्धका क्रममा कपिलवस्तु बाट १२६ जना सहिद तथा बेपत्ता पारिएका थिए भने उक्त अभिनन्दन कार्यक्रममा १२० घरपरिवारको उपस्थित रहेको थियो भने जनवादी कलाकार हरुले आफ्नो प्रस्तुति देखाएका थिए । सो पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षरित सम्मानपत्र तथा नगदले सहिद तथा बेपत्ता परिवारलाई अभिनन्दन गरिएको थियो । कार्यक्रम कपिलवस्तु जिल्ला इन्चार्ज संगम पुनको अध्यक्षता, नेकपाका सचिवालय सदस्य शेरमान थारुको संचालन तथा शम्भु थारुको संचालनमा सम्पन्न भएको थियो ।












