नवलपरासी /नेपालकै प्रमख धार्मिक धरोहर मध्य एक रहेको त्रिबेणी स्थित गजेन्द्र मोक्ष धाममा सप्त दिवसिय गजेन्द्रमोक्ष नारायण भगवान प्राण प्रतिष्ठा महोत्सव एवं अस्टसत श्रीविष्नु पुरान ज्ञान महायज्ञको तयारी कार्य अन्तिम चरणमा पुगेको छ । गजेन्द्र मोक्ष धाममा यही आउदो फागुन १९ गते उद्घाटन गरिने र फागुन २५ गते सम्म सञ्चालन हुने महायज्ञमा नेपाल र भारतका हजारौ भक्तजनहरु, साधु, सन्त महन्थ, धमैगुरुहरुको उपस्थिती रहने कार्यक्रम रहेको मुक्तिनाथ पिठाधिश स्वामी कमल नयनाचार्यका उत्तराधिकारी स्वामी करपात्रि कृष्ण प्रपन्ननाचार्यले जानकारी दिनुभएको छ ।
दक्षिण एशियामै उत्कृष्ण मानिने नारायण भगवानको मुर्ती प्राण प्रतिष्ठा एवं उद्घाटन समारोहमा नेपाल भित्र र बाहिरका लब्ध प्रतिष्ठित महन्थ पिठाधिश, मठाधिश र धर्मानुरागस्हरुको उपस्थिती रहने मोक्ष धाममा आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको थियो । महायज्ञ स्थलमा सरसफाई, मन्दिर रंगरोगन लगाएत ब्यवस्थापकिय कार्य ८५ प्रतिशत भइसकेको र बाकी १५ प्रतिशत दुई दिन सकिने गरि कार्यलाई तिब्र पारिएको मुल समितिका समयोजक रुपन्देही निवासी कृष्ण शर्माले जानकारी दिनुभएको छ । समयोजक शर्माले स्थानिय र बाह्य सहयोगबाट नै महायज्ञ सफलता तर्फ अगाडी बढिरहेको समेत जानकारी दिनुभएको छ ।












