काठमाडौं– सेवाग्राहीसँग घुस लिएको आरोपमा महोत्तरीको मालपोत कार्यालयका नायब सुब्बा ढक बहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।कार्कीले जग्गा नामसारी गर्न सर्जमिन मुचुल्का गरेबापत् सेवाग्राहीसँग १० हजार घुस लिएका थिए।सोही उजुरीको आधारमा सूचनाको आयोगको महोत्तरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ।












