विप्लपका १७ जना कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

काठमाडौँ /सिन्धुपाल्चोकमा नेत्रविक्रम चन्द विप्लवका १७ जना कार्यकर्ता पक्राउ परेका छन् ।शुक्रबार सांझ संगठनको गतिविधिका लागि छलफल गरिरहेको विप्लवका जिल्ला सदस्यहरु रञ्जीत ठकुरीसंगै १७ जनालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

टोलीले विप्लवका कार्याकर्ताहरुलाई पक्राउ गरेको प्रहरी प्रमुखले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।