रोटरी क्लब अफ बुटवलको नियमित बैठक क्लब सचिवालयमा  सम्पन्न

प्रकाशित मिति:

बुटवल । रोटरी क्लब अफ बुटवलको १२४५ औ नियमित बैठक क्लब सचिवालयमा  सम्पन्न भएको छ ।वैठकमा रोटरी डिष्ट्कि ३२९२ नेपाल भूटानको सम्मेलन सम्वन्धी उपस्थितीको सन्दर्भमा समिक्षा सहित सम्मेलनमा सत प्रतिशत रजिष्टेशन, सबैभन्दा वढि सदस्यहरुको उपस्थिती, प्रोजेक्ट मुल्याङकनमा तेश्रो हुन सफल भएको र विभिन्न अवार्डले सम्मानित हुने अवसर पाएको तथा क्लबलाई जिम्मेवारी दिएकोमा डिष्ट्किलाई धन्यवाद ज्ञापन गरेको क्लबका अध्यक्ष नारायण प्रसाद पन्थले जानकारी दिनुभयो ।

सो अवसरमा सामाजिक क्षेत्रमा उच्च योगदान दिएकोमा सम्मेलनमा सम्मानित भएकी रोटरी क्लबकी सदस्य ओमीकला पुनलाई सम्मान गरिएको थियो । भने अमुल्यमान थैव, वालकृष्ण पाण्डे, तथा हालै वलपुल कम्पनीबाट वेष्ट सेलको रुपमा सम्मानित भएका कस्तुरी फ्रीजघरका संचालक क्लबका पुर्व अध्यक्ष महेन्द्र नारायण श्रेष्ठको हर्ष वढाई गरिएको थियो । रोटरी डिष्ट्किका सर्जन एट आम्स चिन्तामणि पाण्डे, रोटरी क्लब अफ बुटवलका सह सचिव राजेन्द्रवहादुर जिसी, लोकनाथ न्यौपाने, श्रृष्टी गुरुङ लगायतले बोलेका थिए ।