काठमाडौँ /नेपाली कम्युनिष्ट स्थापनाका पुराना प्रखर नेता भरतमोहन अधिकारीको निधन भएको छ । अधिकारीको निधन ८३ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।उनी विगत तीन हप्तदेखि ह्याम्स अस्पतालल धुम्बाराहीमा उपचाररत थिए । अस्पतालले स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बन्दै गएपछि उनलाई बचाउन गह्रो रहेको भन्दै विज्ञप्ति जारी गरिएको थियो ।
अधिकारीको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखी उपचार हुँदै आएको थियो। मुटु र फोक्सोको समस्याबाट ग्रसित अधिकारी अस्पतालमा भर्ना भएका थिए ।












