सर्लाहीमा एकजनाको गोली हानी हत्या

प्रकाशित मिति:

सर्लाही – सर्लाहीको मलंगवामा शनिबार राति गोली हानेर एकजनाको हत्या भएको छ । गोली प्रहारबाट मलंगवा नगरपालिका २ घर भएका ३२ वर्षका मनोज कुमार यादवको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमै भएका यादवलाई राति ९ बजे तिर कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । मृत शरीरमा पाँच गोली लागेको छ । राती अबेरसम्म घर नफर्किपछि बिहान खोजी गर्दा मलंगवा आँखा अस्पताल अगाडि उनको शव फेला परेको हो ।सडकको ठेक्कापट्टाको काम गर्दै आएका उनलाई आपसी विवादको कारण गोली हानेर हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिनुभयो । हत्याको बारेमा अनुसन्धान भैरहेको उहाँले बताउनुभयो ।