नवलपरासी/महाशिवरात्रिको पावन अवसरमा लक्ष्मीनारायण मन्दिर नागा बाबा कुटि त्रिबेणी नवलपरासीको आयोजनामा पञ्चकोशी परिक्रममा कार्यक्रम सम्पन्न भएको छ । नागा बाबा कुटि त्रिबेणीका पिठाधिश बालकदास बैरागीको नेतृत्वमा पञ्चकोशी परिक्रमा कार्यक्रम सम्पन्न भएको हो । परिक्रमा कार्यक्रममा निस्केको साधु, सन्त, महन्थ र धर्मानुरागिहरुको झाकिँ सहितको टोलीले ढुंगाद्धारा नारायणी नदी पारि बाल्मिकी आश्रम, जटाशंकर, नरदेवी हुदै गण्डक ब्यारेज पुलबाट रानिनगर स्थित त्रिनेत्र महादेव, केवलानी मन्दिर हुदै त्रिबेणीमा पुन आएर परिक्रमा कार्यक्रम समापन भएको हो ।
पञ्चकोशी परिक्रमा प्रत्येक बर्ष महाशिवरात्रिका दिन हुने गरेको आयोजकले बताएको छ । हिन्दु धर्मको रक्षा र हिन्दु जागरणको संदेश पुर्याउने उदेश्यले पञ्चकोशी परिक्रमा हुने गरेको पनि आयोजकले जानकारी गराएको छ ।












