थाहा पाउनुहोस् १६ संस्कारको रहस्य, जसले हामीलाई पथभ्रष्ट हुन दिँदैन

प्रकाशित मिति:

संस्कार यो शब्द सुन्दा हाम्रो कान त्यती ठाडो हुँदैन । किनभने हामीलाई लाग्छ, यी पुराना कुरा हुन् । तर संस्कार भनेको भनेको अनुशासित जीवनपद्धतीमा डोहोर्‍याउने माध्याम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ । त्यसैले त भन्ने गरिन्छ संस्कारी घरानामा जन्मेहुर्केका व्यक्ति विनयी विनम्र अनुशासित मर्यादित हुन्छन् । संस्कार शब्दको व्युत्पत्ति संस्कृतको ‘सम’ एवं कृञ धातुमा घञ प्रत्यय लागेर भएको हो । ऋग्वेदमा संस्कारको सट्टा संस्कृत शब्दको प्रयोग पाइन्छ, जसको अर्थ शुद्ध गरिएको भन्ने हुन्छ । जैमिनी सूत्रमा संस्कार शब्दलाई यज्ञलाई पवित्र र निर्मल बनाउने कार्यको अर्थमा भएको पाइन्छ । यस हिसाबले हेर्दा संस्कारको अर्थ शुद्ध वा पवित्र पार्नु भन्ने बुझिन्छ । सनातन धर्म एवं जीवनशैलीमा मानव जीवनलाई शुद्ध बनाउन विभिन्न संस्कारको व्यवस्था गरिएको पाइन्छ ।