पूर्व उपप्रधानमन्त्री अधिकारीको निधनमा प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

प्रकाशित मिति:

काठमाण्डौ – प्रतिनिधिसभाले पूर्व सांसद तथा उपप्रधानमन्त्री भरतमोहन अधिकारी प्रति शोक प्रस्ताव पारित गरेको छ ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकले स्वर्गीय अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेको हो । पूर्व अर्थमन्त्री समेत रहेका अधिकारी नेकपा एमालेको तर्फबाट वि।सं। २०४८, २०५१ र २०५६ सालको प्रतिनिधिसभा, २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभामा मोरङ्ग जिल्लाबाट निर्वाचित सदस्य र २०७० सालको संविधानसभामा समानुपातिक सदस्य हुनुहुन्थ्यो

उहाँ २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि गठन भएको संविधान सुझाव आयोगको सदस्य पनि हुनुहुन्थ्यो । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा जनप्रिय नेता अधिकारीको ८३ वर्षको उमेरमा फागुन १८ गते शनिबार काठमाण्डौको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।बैठकले स्वर्गीय अधिकारीले राज्यलाई पुर्‍याएको योगदानको उच्च सम्मानसहित शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दै एक मिनेट मौन धारण पनि गर्यो ।प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ