हेलिकोप्टर दुर्घटनाहुदा हराएको पेस्तोल भेटियो
उक्त दुर्घटनामा जमदार घिमिरेको निधन भएको थियो
ताप्लेजुङ – फुङलिङ नगरपालिका १० स्थित तारेभीरको जंगलमा डाइनेष्टि एयरको हेलिकोप्टर फागुन १५ गते दुर्घटना हुँदा हेलिकोप्टरमा सवार नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएकोमा मंगलबार दिउसो फेला परेको छ। अस्थाई प्रहरी चौकी माथिल्लो फेदीं र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला परेको हो। उक्त दुर्घटनामा जमदार घिमिरेको निधन भएको थियो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।












