हामी जसरी हारेका छौ त्यसरी नै अर्को चुनाव सम्म संगठन र जनताको साथमा गएर जित्छौ : नेता भण्डारी

प्रकाशित मिति:

प्रकाश अधिकारी तनहु \ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले नेपाली कांग्रेसले जसरी गत चुनावमा पराजय भएको छ त्यसरी नै अर्को चुनावसम्म संगठन र जनताको साथमा रहेर जनतामा कांग्रेसले जित्ने बताएका छन्।  पार्टीमा अनुशासन र गुट अन्त्य गरि आगामी चुनावमा कांग्रेस सुघ्रिएर संगठन गर्ने र कांग्रेसले देशव्यापी जनताले खोजिरहेको पनि नेता भण्डारीको भनाइ थियो। सरकारको गलत प्रवृत्तिको विरुद्धमा पनि पार्टी सशक्त रूपमा लाग्ने पनि भण्डारीको भनाइ थियो।  कुरा पूर्वमन्त्री भण्डारीले देवघाट गाउपालिका वडा न।४  काफलडाँडामा वडा सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बताएका हुन्। वडा संयोजक तिलकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव विश्व बास्तोला, महासमिति सदस्य आनन्दराज त्रिपाठी, पार्टीका देवघाट संयोजक प्रेमबहादुर गुरूङ, अनुगमन समितिका संयोजक लक्ष्मी भक्त खनाल, गाउँपालिकाको उपाध्यक्ष विमला थापा, छाँया सरकार प्रमुख कर्णबहादुर गुरूङ, तरूण दल जिल्ला सचिव दयानिधि नराल, वडा अध्यक्ष पदमबहादुर गुरूङ, शिक्षक संघ देवघाट संयोजक केशब काफ्ले, ने।का देवघाट समितिका सदस्य नरबहादुर गुरूङ लगाएतले बोलेका थिए।