राष्ट्रपति ट्रम्प नै अपराधमा संलग्न !

प्रकाशित मिति:

अमेरिका – अमेरिकामा गरिएको एक सर्वेक्षणले डोनल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुनुअघि अपराधमा संलग्न भएको देखाएको छ। क्वीनीपियाक विश्वविद्यालयले गरेको मत सर्वेक्षणमा सहभागीमध्ये ४५ प्रतिशतले ट्रम्प राष्ट्रपतिका रुपमा ह्वाईट हाउस छिर्नुअघि थुप्रै कानूनहरुको उल्लंघन गरेको र अपराधमा संलग्न भएको मत जाहेर गरेका छन्।

सर्वेक्षणमा सहभागी ४३ प्रतिशतले भने यो कुरा अस्वीकार गरेका छन्। ट्रम्पबारे मत सर्वेक्षणसहित गरिएको अध्ययनले उहाँका कानुनी परामर्शदाता माइकल कोएनले नै ट्रम्पलाई कानुन उल्लंघनमा साथ दिएको र जसका कारण कोएन जेल गएको निष्कर्ष निस्कएको सो सर्वेक्षणका सहायक निर्देशक टिम मालोइले बताएका छन्। सर्वेक्षणमा मत दिनेहरुले राष्ट्रपति ट्रम्पलाई गैरकानुनी र अबैधानिक आचरणमा कोएनले साथ दिएको दाबी गरेका छन्। माइकल कोएन सन् २००६ देखि २०१८ वर्षसम्म ट्रम्पको कानूनी परामर्शका साथै ट्रम्प अर्गनाइजेशनको उपाध्यक्षका रुपमा काम गरेका व्यक्ति हुन्। कोएनले तयार गरेका दस्ताबेजहरुमा अहिले विभिन्न अदालतहरुमा अहिले छानबिन भइरहेको छ।