विवाह भोज खाँदा सप्तरीमा १ सय मानिस बिरामी

प्रकाशित मिति:

कञ्चनपुर (सप्तरी)– सप्तरीको कञ्चनपुरमा विवाह भोज खाँदा करीब १ सय मानिस बिरामी परेका छन्। कञ्चनरुप नगरपालिका-८, कञ्चनपुरस्थित दलितबस्तीका करीब ५ सय मानिसले बुधबार साँझ विवाहमा भोज खाएका थिए। उनीहरु मध्ये करीब १ सय मानिस बिरामी परेको स्थानीयले जानकारी दिएका छन्।पेट दुख्ने, वान्ता आउने र पखाला लाग्ने समस्या देखिएका बिरामीको प्राथमिक स्वास्थ्य केन्द्र कन्चनपुर र कञ्चनपुर वेरियरस्थित विभिन्न क्लिनिकमा उपचार भइरहेको छ।

करीब ६० वर्षिय खिखर पासवानको अवस्था भने जटिल देखिएपछि विराटनगर रेफर गरिएको स्वास्थ्यकर्मीले बताए। अन्य बिरामी सामान्य प्रकृतिका रहेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका डाक्टर सञ्जिव झाले बताए। स्थानीय करन मण्डलका छोरा नन्दनको विवाहको उत्सव मनाउन बुधबार प्रितिभोज आयोजना गरिएको थियो।