बस र मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । भक्तपुरमा बस र मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।मध्यपुर ठिमी नगरपालिका २ सानोठिमी वन कार्यालयको आरोलोमा बा७४व ५५३ नम्बरको मोटरसाइकलको ठक्करबाट सडकमा लडेको प्रदेश ०२(००२ प६२ नम्बरको मोटरसाइकललाई बा२ख ४८६८ नम्बरको बसले ठक्कर दिंदा चालक २४ वर्षीय सन्तोष राईको मृत्यु भएको हो ।काभ्रे देउखुरी३ घर भई भक्तपुरको मध्य ठिमी नगरपालिका९ बोडेमा बस्ने राईलाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी बृत्त ठिमीले ठक्कर दिने मोटरसाइकलका चालक काडमाडौं३२ का २४ वर्षीय अरुणकुमार श्रेष्ठ र बसका चालक सिन्धुपाल्चोक बलेफी(३ का ताराबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।