उपचार गर्न आएका बालकलाई थप्पड हान्ने डाक्टर पक्राउ

प्रकाशित मिति:

बुटवल । उपचार गर्न अस्पताल पुगेका बालकलाई थप्पड हानेको अभियोगान चिकित्सक पक्राउ परेका छन् ।लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका दन्त चिकित्सक डा। हेमन्त पाठकले दाँतको गिंजामा घाउ आएपछि उपचार गर्न आएका ७ वर्षीय अभिनव विकलाई गालामा झापड हानेका थिए । डाक्टरले बालकलाई पिटेपछि आफरुन्त र अन्य विरामीका आफन्तले चिकित्सकलाई कारवाहीको माग गर्दै अस्पताल घेराउ र नाराबाजी गरेका थिए ।

आक्रोशित भीडले अस्पताल प्रशासन घेरेपछि प्रहरीले डा। पाठकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलमा पुराएको प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।डाक्टरको पिटाईबाट बालकको गालामा रातो डाम देखिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।