बुटवल – ठगी गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व क्याम्पेन म्यानेजर पल मनाफोर्टलाई जेल सजाय भएको छ । उनलाई ट्याक्स र बैंक ठगी गरेको आरोपमा दोषी पाइएपछि ४७ महिना जेल सजाय सुनाइएको हो । युक्रेनमा राजनीतिक कन्सल्ट गर्ने क्रममा उनले लाखौं डलर लुकाएको आरोपमा दोषी ठहर गरिएको छ । आगामी हप्ता पनि उनको अर्कै काण्डमा सुनुवाइ गरिँदै छ । अमेरिकी न्यायिक विशेष सल्लाहकार रोबर्ट मुलरले २२ महिने अनुसन्धान गरेका थिए । उनले ट्रम्पको चुनावी बेलाका गतिविधिप्रति अध्ययन गरेका थिए ।