पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेनको बनाउने तयारी,बुटवलदेखि काँकडभिट्टासम्म पहिलो फेजमा निर्माण हुने

प्रकाशित मिति:

काठमाडौं– सरकारले पूर्व–पश्चिम महेन्द्र राजमार्ग चार लेनको बनाउने तयारी थालेको छ। राजा महेन्द्रको शासनकालमा निर्माण भएको एक हजार किलोमिटर लामो दुई लेनको राजमार्गमा सवारीको चाप र दुर्घटना जोखिम बढेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी ३ वर्षभित्र चार लेनमा विस्तार गर्नेगरी योजना अघि बढाएको हो। पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट बढाएर चार लेनको बनाउनका लागि टेण्डर आह्वान हुन लागेको यातायात मन्त्री रघुवीर महासेठले जानकारी दिए। आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा मन्त्री महासेठले भने– ‘यसको लागि टेण्डर आह्वान हुँदैछ, टेण्डरको लागि फाइनल गर्दैछौं, बुटवलदेखि काँकडभिट्टासम्म पहिलो फेजमा निर्माण गर्ने र बुटवलदेखि कञ्चनपुरसम्म दोस्रो फेजमा गर्छौं।’कमलादेखि लौकीसम्मको डिपीआर तयार भइसकेको भन्दै उनले भने, ‘आगामी तीन वर्षभित्र महेन्द्र राजमार्गलाई २ लेनबाट बढाएर ४ लेन बनाउँछौं।’त्यस्तै, आगामी चार वर्षभित्र मदन भण्डारी राजमार्ग, ३ वर्षभित्र मध्य पहाडी लोकमार्ग र ४ वर्षभित्र तराईको लाइफलाइन मानिने हुलाकी राजमार्गको निर्माण सम्पन्न हुने मन्त्री महासेठले जानकारी गराए। ‘अब आउने चुनावमा तराईका जनताले हुलाकी राजमार्ग हुँदै भोट माग्न पाउनुहुन्छ, अहिले हामीले यसको लागि ६० वटा पुल बनाइसकेका छौं, ३० वटा बन्न बाँकी छ, १० वटाको लागि डिपिआर भैसकेको छ’,