एफ १६ खसालेको भारतको दावि

भारतको विदेश मन्त्रालयले आफ्नो एयर स्ट्राईक सफल भएको दाबी गरेको छ

प्रकाशित मिति:

काठमाडौं । भारतको विदेश मन्त्रालयले आफ्नो एयर स्ट्राईक सफल भएको दाबी गरेको छ । शनिबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनको क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले पाकिस्तानले असफल भएको दाबी गरेपनि भारतले जैस ए मोहम्मद विरुद्धको आफूहरुको एक्सन सफल भएको दाबी गरेका छन् । रवीश कुमारले स्ट्राईकको क्रममा भारतले एउटा मात्रै विमान गुमाएको दाबी पनि गरेका छन् भने पाकिस्तानको एफ १६ खसालेको दाबी समेत गरेका छन् ।

उनले आफूसँग एफ १६ खसालेको प्रमाण सुरक्षित रहेको भन्दै भारतको दोस्रो कुनै विमान खसालेको प्रमाण भए देखाउन उनले चुनौती समेत दिएका छन् । सो विमान विङ कमाण्डर अभिनन्दनले नै खसालेको समेत उनले दाबी गरेका छन् । उनले पाकिस्तान आफूलाई नयाँ पाकिस्तान भएको दाबी गर्ने हो भने आतंकवाद विरुद्ध लड्न सुझाव समेत दिएका छन् । उनले पाकिस्तानसँग आतंकवादको प्रमाण भएपनि आतंकवाद विरुद्ध नलागेको आरोप समेत लगाएका छन् । पत्रकार सम्मेलनमा उनले भने जैस ए मोहम्मद विरुद्ध भारतीय सैनिकको एक्सन सफल भएको छ ।