भक्तपुर – सूर्यविनायक नगरपालिका ६, घलाते चोकमा शनिबार भएको स्कूटर दुर्घटनामा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् ।
कोटेश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा। ९५ प। ३३१८ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना हुँदा स्कुटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत शुसिलकुमार पाण्डेले जानकारी दिनुभयो ।स्कुटरको पछाडि बसेका रामेछाप सुनपती–४, घर भइ हाल पाण्डुबजार बस्ने २३ वर्षीय पासाङ तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।












