पुनम गौतम पोर्तुगल÷लिस्वन \ नेपाली नारी समाज पोतुर्गलको दोश्रो अधिवेशन एक हप्ताको लागि धेकेलिएको
छ । मार्च ९ अर्थात शनिवार हुने भनिएको समाजको अधिवेशन समाजकी उपाध्यक्ष
निर्मला खराल ढकाल (निरु) ले गर्दा पछाडि धकेलिएको हो । निरुले समाजको हित
र आचारसंहिता विपरित कार्य गरेको भन्दै एकलौटी ढंगले शुक्रबार सांझ एक
विज्ञप्ति जारी गर्दै नयां नेपाली नारी समाज खोल्ने भने पश्चात अधिवेशनमा धक्का
पुगेको हो । समाजले शनिवार १०९ औं अन्र्तराष्ट्रिय नारी दिवस मात्र मनाएर
दोश्रो अधिवेशनको उद्घाटन अर्थात् औपचारिकता निभाएको छ । भने निरुले
सम्पुर्ण दिदीबहिनीहरुको अगाडी आफु आवेशमा आएर यि सबै गरेको र अवका
दिनबाट आफु समितिमा नरहने निर्णय गर्नुभएको छ । यसअघि समाजले, समाजको
आचारसंहिता बिपरीत कार्य गरेको भन्दै आपत्ती जनाएको थियो । समाजकी अध्यक्ष
सिता बराल र निरुबिच भएको सहमति पनि आजकै मिति बाट स्वत्ह हटेको समाजले
निर्णय गरेको छ । समाजले परदेशमा रहेर आफ्नो समयानुकुल मिलाएर
समाजलाई अगाडी लैजानुपर्ने भएकाले आगामी आईतबारसम्म नयां कार्यसमिति चयन
हुने र समाजका सम्पुर्ण सदस्यहरुको सहमति अनुसार अगाडी बढ्ने अध्यक्ष बरालले
बताउनुभयो । समाजको दोश्रो अधिवेशनको नयां नेतृत्वका लागि परेको
उम्मेदवारी अनुसार सहमति नभए अध्यक्ष, उपाध्यक्ष, महासचिव र सदस्यहरुमा चुनाव
हुनेछ । भने सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा आबश्यक संख्यामा मात्र
उम्मेद्बारी परेकोले यसअघि नै निर्बिरोध भैसकेका छन् । यसैबिच शनिवार
भएको कार्यक्रमका प्रमुख अतिथि पोर्तुगलका लागि पर्यटनदुत रमेश कुमार गुरुड्डले
स्वदेशमा पार्टी टुट्ने फुट्ने भएजस्तै विदेशमा नारी समाज फुट्न नहुने
बताउनुभयो । पोर्तुगललाई मिनि नेपालको शंज्ञा दिदै पर्यटनदुत गुरुड्डले दुई
नारी समाज हुन नसक्ने बताउदै एउटै घरमा अटेर बस्न समेत सबैलाई आग्रह
गर्नुभयो । विदेशमा रहदैंमा विदेशी नहुने, भन्दै गुरुड्डले नेपालको सपना
पुरा गर्नुपर्ने बताउनुभयो । त्यस्तै गैरआवासिय नेपाली संघ पोर्तुगलका
अध्यक्ष कुवेर कार्कीले पदका लागि नभई एक ढिक्का भएर अगाडी बढ्र्न सबैलाई
आग्रह गर्नुभयो । उहांले भाई फुटे गवार लुटे नगर्न सबै नारीहरुलाई
अनुरोध समेत गर्नुभयो । पोर्तुगलका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको
सहभागीता रहेको कार्यक्रममा महासचिव मिना माया खरेलले प्रगती प्रतिवेदन र
कोषाध्यक्ष सरु भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाली
नारी समाज पोर्तुगलकी अध्यक्ष सिता बरालको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको
हो । समाजले पोतुगलमा बसोबास गर्ने महिलाहरुको सशक्तिकरण र महिलाहरुमा
उत्पन्न विभिन्न समस्या र त्यसका समाधानका लागि कार्य गर्दै आईरहेको छ । २३
जुन २०१४ मा स्थापना भएको समाजले विभिन्न आरोह अवरोह पार गर्दै दोश्रो
अधिवेशन गर्ने भएको हो ।












