अर्खावाङ्ग गुल्मी – शनिबार गुल्मीको मालिकागाउँपालिका ४ अर्खावाङ्गको ठुलीचौरमाआयोजितएम्बुलेन्स हस्तान्त्रण तथा वृहत सास्कृतिककार्यक्रममादिउँसै देखीको भाषण र अन्यऔपचारिक कार्यक्रमहरु हेर्दा र देख्दा देख्दै थाकेकादर्शकहरु साँझपख शुरु भएको सास्कृतिककार्यक्रममा रमाए । अर्खावाङ्गको इतिहास मै पहिलो पटक राष्ट्रिय स्तरकाकलाकारको जमघट भएको यो संयोगमाजोडिन काठमाण्डौ देखीबिमलराज क्षेत्री, बिष्णु खत्री, पबित्रा सर्तुङ्गे मगर,सन्तोष लम्साल, रामकुमार बिष्ट र डान्सर तिलकशाही ठकुरी अर्खावाङ्गपुगेकाथिए । वृहतकार्यक्रमको शुरु मै गायिकपबित्रा सर्तुङ्गे मगरले आफ्ना प्रस्तुतीहरु दिँदै दर्शक देखीअतिथि सम्मलाई नचाइन् भने संचारकर्मी तथालोक गायक रामकुमार क्षेत्रीले माहोल तातए ।
अर्का चर्चित बाग्लुङ्गे गायक बिष्णु खत्रीले कतिउति नै बेलादर्शकलाई छमछमी नचाए त आफ्नो जनवादीगायकीले उत्तिनै बेलाभावुकबनाए । भरिया दाई, लाहुरे दाई छुट्टीमा आको, रोधी राम्रो लगाएतकाआधादर्जन गीतगाएकाखत्री पछि छिप्पिदो साँझमा घर फर्कन आतुर दर्शक गायकबिमलराज क्षेत्रीको बुट्टे रुमाल, रानी घाटैमा, भट्ट मकै भुटौंला, पञ्चै बाजालगाएतकाआधादर्जन भन्दा बढि गीतगाउँदा रात पर्न थालेको पत्तै पाएनन् । बिमलराज क्षेत्रीले बिचबिचमामिसाउने ठट्यौली र सास्कृतिककार्यक्रमको संचालनको जिम्मापाएकाअर्का प्रतिभा सन्तोष लम्सालले आफ्नो कलामार्फत माहोल रंगिन बनाएकाथिएभने डान्सर तिलकशाही ठकुरीको आर्कषक नृत्यले दर्शक नै मोहितबनेका थिए ।
दर्शक झुमे संगितमा (फोटोफिचर)















