युवाको प्रयासमा अर्खावाङ्गमा एम्बुलेन्स

प्रकाशित मिति:

सबलपोस्ट / गुल्मी – अगाडी जन्ती जस्तै लाग्ने स्थानीयको वाजागाजा सहितको लावा लस्कर, पछि पछि दुलही जस्तै सिंगारिएको एम्बुलेन्स अर्खावाङ्गको ठुलीचौरमा पुग्दा एम्बुलेन्सलाई स्वागत गर्न बसेका बिभिन्न गाउँबाट भेला भएका स्थानीयहरुले ताली बजाएर एम्बुलेन्सलाई गाउँमा भित्राए । यही रौनकका बिच शनिबार गुल्मीको मालिका गाउँपालिका ४, अर्खावाङ्ग र आसपासका वडाहरुले सेवा लिने गरि अर्खावाङ्गले पहिलो पटक एम्बुलेन्स पायो ।

प्राकृतिक रुपमा सुन्दर तर भौगोलिक रुपमा जिल्लाको बिकट क्षेत्र मानिने अर्खावाङ्गमा सडकको पहुँच पुगेको भए पनि आकस्मिक उपचारको लागि सहज साधन आज सम्म उपलब्ध थिएन । जुन कुरा संभव बनायो ‘अर्खावाङ्ग देखी रुपन्देहीमा झरेर पेशा, व्यवसाय गर्दै आएका युवाहरुले खोलेको संस्था गुल्मी मालिका गाउँ पालिका अर्खावाङ्ग रुपन्देही सम्पर्क समाजले । समाजले बिभिन्न चन्दादाताहरुसँग चन्दा संकलन र देउसी भैलो कार्यक्रमबाट एम्बुलेन्स खरिद गरेको हो । रिबन काटेर एम्बुलेन्सको उद्घाटन गरेका पालिकाका प्रमुख रित बहादुर थापाले गाउँपालिकाले अगाडी सारेको योजनामा सम्पर्क समाजले गरेको प्रयासको प्रशंसा गरे । उनले एम्बुलेन्सको नियमित संचालन तथा व्यवस्थापनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै भने ‘यस आर्थिक बर्षमा यो एम्बुलेन्स संचालनको लागि चार लाख रकम बिनियोजन गरेको छ ’ ।

मालिका गाउँपालिका उप प्रमुख देबा रिजाल अर्यालले एम्बुलेन्स संचालन कार्य बिशेष गरि महिलाको लागि बरदान साबित भएको भन्दै अब कोही सुत्केरी तथा गर्भवतीहरु यातयात साधनको अभावका दुख पाउनु नपर्ने बिस्वास रहेको बताइन् । शुभकामना राख्ने बिभिन्न बक्ताहरुले एम्बुलेन्सको सफल संचालन र व्यवस्थापनको लागि जोड दिएका थिए । एम्बुलेन्स शनिबारै सम्पर्क समाजका अध्यक्ष बिरेन्द्र अर्यालले वडा नं ४ का वडा अध्यक्ष हिरालाल अर्याल, गाउँ पालिकाका प्रशासकीय अधिकृतलेखनाथ पोख्रेल, स्वास्थ्य संयोजक बसन्तराज भुसाल र अर्खावाङ्ग स्वास्थ्य चौकी प्रमुख खिम बहादुर घर्तिको रोहवरमा अर्खावाङ्ग स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरे । बिमलराज क्षेत्री, बिष्णु खत्री, पार्वती सर्तुङ्गेमगर, सन्तोष लम्साल , रामकुमार बिष्ट लगायतका कलाकारको प्रस्तुतिका बिच बृहत सास्कृतिक कार्यक्रम समेत गरिएको कार्यक्रमको समापन गर्दै सम्पर्क समाजकम अध्यक्ष बिरेन्द्र अर्यालले आफुहरु सुबिधा सम्पन्न ठाउँमा बसे पनि जब सम्म आफ्नो गाउँठाउँ सुबिधा सम्पन्न बन्न सक्दैन तब सम्म त्यसको कुनै अर्थ नरहने ठानेर एम्बुलेन्स खरिदको अभियानमा जुटेको बताए । उनले थपे ‘यसले हामीलाई आफ्नो गाउँको बिकाशमा जुट्न थप उर्जा मिलेको छ ’ ।

अर्खावाङ्ग स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्त्रण कार्यक्रम :-