काठमाडौं– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले तीन करोड ३५ लाख ठगीको गरेको अभियोगमा गोपाल शिवाकोटी चिन्तनसहित चार जनलाई मुद्दा दर्ता गरेको छ। वरिष्ठ अधिवक्ता चिन्तन त्रिभुवन विश्वविद्यालयका सहप्रध्यापक हुन्।
मानवअधिकारको क्षेत्रमा समेत काम गर्दै आएका चिन्तनले पछिल्लो समय कानुन विषयको विश्वविद्यालय बनाउने प्रलोभन देखाएर प्रतिष्ठित व्यक्तिहरुसँग पैसा उठाउँदै आएका थिए। काठमाडौं जिल्ला अदालतमा दर्ता भएको मुद्दामा चिन्तनका अलावा नुवाकोटका बद्रीकुमार थापा, चिन्तनकी पत्नी कमला सिटौला, बद्रकी पत्नी कल्पना थापा बुढाथोकीलाई प्रतिवादी बनाइएको छ।आइतबार ढिलो गरी मुद्दा दर्ता भएका कारण उनीहरूलाई भोलि अर्थात् सोमबार मात्र अदालत उपस्थित गराइने छ। सिटौला र कल्पना थापा भने फरार रहेकाले अदालतबाटै म्याद तामेल गर्न आग्रह गरिएको छ।












