प्रमोशन गुमनाम, स्टारहरुको भिडमा साइलीको भट्टी सुनसान शुभलभले बाजी मार्नसक्ने अनुमान

यो के तरिका हो भन्दै रिसाए दयाहाङ 

प्रकाशित मिति:

वुटवल \कुरा साइलिको प्रमोशन यात्राको हो । शनिबार नै बुटवल आएको सैली टिम साँझको एक कार्यक्रममा फितलो अनुभव गर्दै फिर्ता भयो । ब्यबस्थापनको क्रममा त्रुटि भएको भन्दै फिल्म साइली टिमका सहभागीले आफुहरुको गल्ति स्वीकार गरे । तामझाम सहित स्टार कलाकार , गीतकार , संगीतकार , गायक , नायक , नायिका सहित ब्यबस्थापनको जम्बो टोलि लिएर आएको साइलिको टिम जब उत्साहका साथ् बुटवलको एक होटलमा कार्यक्रम गर्न पुग्यो । त्यसपछि कलाकारहरु एक अर्कालाई हेर्दै कालो अनुहार लगाएको अनुभव देखिन्थ्यो । तथापि स्टेज कार्यक्रम त गर्नु नै थियो त्यसैले १ सय जना भन्दा पनि कम दर्शकको उपस्थितिमा कार्यक्रम अघि बढ्यो होटल संचालकका अनुसार कलाकारहरु तोकिएको समयमा आउन अबेर गर्नाले सो कुरा भएको स्वीकार गरे ।

यो के तरिका हो भन्दै रिसाए दयाहाङ प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारप्रसारलाई तिब्रता दिन बुटवल आएको फिल्म ‘साईली’ टिम बुटवलमा आफ्नो १०० जना भन्दा कम दर्शक बिच आफ्नो फिल्म प्रचारप्रसार गरेको छ पत्रकारलाई बिना खबर नै आयोजना गरेको उक्त कार्यक्रममा दर्शकको न्युन सहभागीता थियो दर्शकले कलाकार सग तस्बिर खिच्न खोज्दा नायक दयाहाङ राईले यो के तरिका हो भन्दै रिसाएर बाहिर निस्केका थिए जस्ले गर्दा दर्शक निरास भएका थिए । प्रचारप्रसारका लागि फिल्मका नायक गौरभ पहारी, नायिका मेनुका प्रधान, र अभिनेता दयहाङ राई संगै फिल्मका टिम उपस्थित रहेका थिए । गायक हेमन्त रानाको चर्चित गित सुन साइँलीको भावलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र साइली आगामी चैत्र १५ गतेबाट प्रर्दसनीमा आउने भएको छ । फिल्ममा साइँलीको भुमिकामा मेनुका प्रधान देखिएकी छन् । फिल्ममा भने दर्शकले आफ्नो चरित्रलाई फरक फरक रुपमा देख्न पाउने उनले बताईन् । ‘भिडियोमा देखिएकी जस्ती साइँली आखिर के बाध्यताले त्यस्तो भईन् । खासमा उनको बिगत कस्तो थियो ? जस्ता दर्शकको मनमा उठेको प्रश्न फिल्मले दिनेछ ।

के भयो पत्रकार सम्मेलनमा  आइतबार बिहानै बिना सुचना कार्यक्रममा उपस्थित हुन आग्रह गरेको प्रति चलचित्र पत्रकार संघ रुपन्देहीले हात झिकेको थियो । आफुहरुलाई आधिकारिक सुचना जानकारी नआएको भन्दै चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठले कोशाध्यक्ष मोहन न्यौपानेलाइ सुचना जारि गर्न लगाउदै खबर नभएको कार्यक्रममा नजान आग्रह गरे । त्यसो त चलचित्र पत्रकार संघ रुपन्देहीकै सल्लाहकार समेत रहेका पत्रकार टिआर शर्माले सो कार्यक्रमको सम्पुर्ण जानकारी पाएको भन्दै केहि चलचित्र बिट भन्दा बाहिरका पत्रकार समेत राखी पत्रकार सम्मेलन गरियो । त्यसो त पत्रकार सम्मेलनमा कलाकारलाई नै झिझ्याट लाग्ने र सामान्य कुराको समेत आकलन नहुने खालका प्रश्नोत्तर आदानप्रदान भयो । जहाँ स्वयं चलचित्र पत्रकार संघ रुपन्देहीका कोशध्यक्ष समेत आफुलाई सो कार्यक्रम नै हो भन्ने जानकारी नभएको र उपस्थित भैसकेपछि निस्कन मनोभावनाले नमिलेको स्विकार्छन र आफुले कुनै पनि प्रश्न नराखेको उनले बताए । धेरैमा १० मिनेटमा सम्पन्न सो सम्मेलन बाट बाहिरिदै कलाकारहरु निराशाजनक स्थितिमा रहेको देखिएको थियो । पहिलो पटक फिल्मी प्रचारप्रसारमा आएका दयाहांग राइलाइ पत्रकारले नै तपाइको नाम के हो रे भन्दा सबै गलल्ल हासेको अनुभव पत्रकार सम्मेलनमा देखियो । रुपन्देही पत्रकार सघ रुपन्देहीले साइँलीको प्रेसमिट सम्बन्धी कुनै जानकारी नआएको हुँदा फिल्ममा साइँलीको कार्यक्रममा नजान भनेर बुटवलका पत्रकारहरुलाई फेसबुकमा म्यासेज गरेको थियो।

के गीतले मात्रै चल्ला फिल्म प्रदिप उदयको निर्माण र प्रख्यात ज्योतिष हरिहर अधिकारीको डेब्यु प्रेमकथामा आधारित फिल्म शुभलभसंग प्रतिश्प्रधामा खरो उत्रिएको गीतमार्फत चर्चामा रहेको बैदेशिक जिबन कथामा आधारित फिल्म साइली प्रमोशनबाटै निराशा जनक स्थितिमा छ । हरेक ठाउको प्रमोशनमा चलचित्र पत्रकारसंग खासै समन्वय नगरेकोले पनि सो फिल्मको गीत त आयो तर फिल्म कहिले आउने भन्ने दर्शकलाई थाहा नहुन सक्छ । तथापि आफ्नो बलबुताले भ्याएसम्म लागिपरेर लागेको फिल्म युनिट , र स्टार कलाकार संगीतकार र धेरै फ्यान कमाएका गायक आफै हिड्दा कसो फिल्म नचल्ला र भन्ने आकलन पनि छ । आफ्नो लगानीबारे नबताएका फिल्मका निर्माता समेत रहेका नायक गौरव पहाडी फिल्म चल्ने दिनसम्म खर्च हुने बताउछन । त्यसो त आफै फिल्म वितरक समेत रहेको कम्पनि एफडिबाटै शुभलभ हलहलमा पठाउने तयारि गरेका प्रदिप उदयको योजनामा के साइली अटाउला ? त्यसैले हेर्दै जाउ,प्रमोशनमै डेन्जर जोनमा परेको साइलिको भट्टी कतै स्टारहरु आएरा खादा समेत शुन्य हुने त होइन ? त्यो हेर्न भने चैत्र १५ लाइ नै कुर्नुपर्ला ।