श्रीलंकाविरुद्ध नेपाल १ गोलले अगाडि

प्रकाशित मिति:

विराटनगर/विराटनगरमा भैरहेको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोलको अग्रता बनाएको छ ।श्रीलंकाविरुद्धको सेमिफाइनल अहिले शहीद रंगशालामा भैरहेको छ । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घामगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।

गीता रानाले प्रहार गरेको फ्री किकलाई कप्तान निरु थापाले बाइसाईकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारी माथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् ।सुरु देखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।