दुनियामा यस्ता रुख छन् जस्लाई छुँदा लाग्छ काउकुती

प्रकाशित मिति:

एजेन्सी-के तपाईहरु लाई याद छ रु धेरै जनाले आफ्नो वाल्यकालमा बाटोमा हिड्दा झाडि वा यता लज्जावती झार तथा नमस्ते झार देख्दा त्यसलाई छोएर नमस्ते गर नमसते गर भनेर अच्चममा पर्ने गरेको रु अझ पनि त्यस झारलाई देख्दा यस्तै यस्तै गर्छन् वालवालिकाहरु । तपाईहरुलाई आज हामी यस्तै एउटा बिचित्रको रुखको बारेमा जानकारी गराउदै छौं ।

जसको बानी ब्यवहार सुन्दा अच्चमै लाग्दो छ । यो दुनिया रहस्यले भरिएको छ । तपाई हामी सबै लाई थाहा नै छ । विश्वका जुनसुकै कुनामा जानु, केही न केही अनौठा तथ्यहरु भेटिने गर्छन् । अझ जंगलभित्र त झन् फरक दुनिया हुन्छ, जुन रोचकताले भरीएको हुनछ । जंगलको यहीँ विचित्रताको बारेमा कुरा गर्दा एउटा यस्तो रुखको बारेमा चर्चा गर्न गईरहेका छौं ।भारतको उत्तराखण्डस्थित कालाढुंगी जंगलमा एउटा यस्तो रुखको प्रजातिले ठ्याक्कै मान्छेले जस्तै हरकत गर्दछ । यो रुखलाई मान्छेलाई जस्तै काउकुती लाग्दछ । अचमको रुख मान्छे लाई जस्तै काउकुती लाग्ने है । यो रुखको फेदमा औंला रगड्दा उसका हाँगाविँगा हल्लिन थाल्दछन्न् । मान्छेको पेटमा छुँदा काउकुती लागेर जिउ हल्लाएजस्तै । काउकुती लाग्ने यो रुखको त्यस्तो व्यवहारका कारण मानिसहरु यसलाई हाँस्ने रुख भनेर चिन्छन् ।

अव हाँस्ने मान्छे, केहि जन्तु जनावर त थाहा पाएकै हौ । तर दुनियामा हास्ने रुख पनि पाईदो रहेछ । त्यसैले हाँस्ने रुख हेर्नका लागि ठूलो संख्यामा पर्यटकहरु उक्त जंगलमा पुग्ने गरेका छन् । यो रुखलाई छुँदा किन काउकुती लागेझैं गर्दछ भन्ने बारेमा थाहा पाउन अनुसन्धान गरिँदैछ ।