बुटवल अनलाईनको शुभारम्भ

प्रकाशित मिति:

बुटवल -अनलाईन न्यूज मिडिया खोल्नेक्रम बढ्दै गएको छ । काण्ठमाडौंमा मात्रै सिमित भएका अनलाई समाचार पोर्टल विस्तारै मोफसलतर्फ यसको भेल सर्दै आएको छ । आईतबार बुटवलमा निकै तामझामका विच बुटवल अनलाईन डट कम नामक अनलाई समाचार पोर्टलको शुभारम्भ भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नं. ५ का कार्यवहाक अध्यक्ष भरत केसीले उक्त अनलाईनको शुभारम्भ गरेका हुन । केसीले अनलाई सञ्चार माध्यमकै कारण नेपालमा पत्रकारिता विकृत बन्दै गएकाले त्यसलाई चिरेर जिम्मेवारी पत्रकारिता गर्न सुझाए । सूचना छिटो दिने नाममा कतिपय अनलाईन मिडियाहरुले गलत खालका सूचनाहरु प्रवाह गरिहेकाले यसलाई रोक्न उनको आग्रह छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले पहिलो हुने होडमा नलागी सत्य तथ्य समाचार दिएर अनलाईनको विश्वसा बढाउन आग्रह गरे । साभार प्रदेश खबर एजेन्सी