तिलोत्तमा, चैत १८ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बारा, पर्सालगायतकाजिल्लामा हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतका लागि चार लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।नगर प्रमुख बासुदेव घिमिरेले सोमबार एक विज्ञप्ति जारी गर्दै हावाहुरीकोघटनाबाट पीडित परिवारको उद्धार तथा राहतका लागि नगरपालिकाका जनप्रतिनिधि,राष्ट्रसेवक कर्मचारी, शिक्षकहरुको तर्फबाट एक दिन बराबरको तलब÷भत्ताबाट चारलाख मुख्यमन्त्री राहत कोषमा तत्काल पठाउने निर्णय गरिएको जनाउनु भएको छ ।

मिति २०७५ साल चैत्र १७ गते आइतबार साँझ वर्षासँगै आएको भीषणहावाहुरीका कारण बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको क्षति भएकोघटनाप्रति तिलोत्तमा नगरपालिका स्तब्ध भएको छ ।’विज्ञप्तिमा भनिएको छ,‘हावाहुरीका कारण घर तथा इँटाभट्टा भत्केर, बिजुलीका पोल लडेर, सवारीसाधनपल्टेर भएको यस अकल्पनीय त्रासदीमा परी ज्यान गुमाउनेहरुप्रति यस नगरपालिकाभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, शोकसन्तप्त परिवारजनमा गहिरोसमवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’विज्ञप्ति मार्फत् नगर प्रमुख घिमिरेले यस दुःखद् घडीमा घाइतेहरुको उपचार,पीडित परिवारको उद्धार तथा राहतको काममा जुट्न सम्पूर्णमा अपिल समेतगर्नुभएको छ ।












